
तिलोत्तमा,पुष ७ गते। नेपाल स्वयंसेवी रक्त दाता समाज तिलोत्तमा शाखाको नियमित रक्तदान कार्यक्रमको ३३ ओैं श्रृङखला तथा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा सञ्चालित हाम्रो कपाल काट्ने पसलको समुदघाटन आज तिलोत्तमा नगरपालिका वडा नंं. २ याेगिकुटीमा सम्पन्न भएको छ ।नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसालको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डिलबहादुर भट्टराईकाे प्रमुख आतिथ्यता र संस्थाका कार्य समिति सदस्य शंकर गौतमको स्वागतमा सम्पन्न समारोहका बिच प्रमुख अतिथिले स्वयंसेवी रक्तदाताले सहयोगका लागि सञ्चालनमा ल्याएको हाम्रो कपाल काट्ने पसलको समेत रिबन काटेर शुभारम्भ गरेका हुन् ।
रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उद्देश्यले स्थापित संस्थाको रक्तदान कार्यक्रममा आज जन्म दिन परेका स्वयंसेवी रक्तदाता समाजसेवी ईश्वर न्यौपाने, दिवाकर ढकाल, नरबहादुर कार्की सल्लाहकार देवी वाग्ले, टेकबहादुर थापा, राजेन्द्र कुंवर, अर्जुनप्रसाद पाैडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।संस्थालाई एनएमबी बैंकले बैंकिङ्ग पार्टनरकाे रुपमा सहयाेग गरिरहेको छ । साे कार्यक्रममा समाजसेवी युवा ईश्वर न्याैपानेले आफ्नो जन्मदिनकाे अबसर पारेर रगत दान तथा सम्पुर्णलाई खाजा नास्ताकाे सहयाेग गरेका थिए । पसल शुभारम्भको अवसरमा ५३ जनाले रक्तदान समेत गरेका थिए । रक्तदाता मध्ये ५ जनालाई गाेलाप्रथाद्वारा उपहार समेत प्रदान गरिएकाे थियाे । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सागर पाठकले गरेका थिए ।
कमेन्ट गर्नुहोस्