लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"बालमैत्रीले तिलोत्तमालाई थप शसक्त बनाएको छ"- रवि सेन्चुरी

IMG

बालबालिकामा गरेको लगानी, ल्याउँछ सुलौलो बिहानी भन्ने नाराका साथ विभिन्न आरोह–अवरोहका बिच ५ चरणमा २८ ओटा तहगत खुड्किल्लाहरु पार गदै वि.स. २०७८ मंसिर २९ गते हजारौ जनसमुदायको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई बालमैत्रि नगरपालिका घोषणा गरिएको थियो । घोषणा गरेर कार्यनयनमा आएको पनि दुई वर्ष पुरा भएको छ । यी वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमका माध्यमबाट नगरस्तर र वडास्तरमा बालबालिका निम्ति उदाहणिय कार्यहरु गदै आइरहेको छ । हाल विद्यालयमा ६६ ,समुदायमा १६६ वटा गरि जम्मा २३२ बालसमुह, संजाल र समितिहरु रहेका छन् ।  जसमा ४ हजार ५ सय ५५ सदस्यहरु आवद्ध रहेका छन् । जसलाई बालमैत्री सम्पकृ शिक्षक, वडाका सम्पर्क व्यक्ति (जनप्रतिनिधि ) र सहजकर्ता नगर र वडाले विनियोजित गरेका नीति तथा कार्यक्रमलाई कार्यन्वयनमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।


तिलोत्तमा नगरपालिका नेपालकै ५१ ओटा सुचक पुरा गर्ने पहिलो र रुपन्देही जिल्लाकै पहिलो नगरपालिका बन्न सफल भएको थियो । वर्तमान समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तिलोत्तमा नगरपालिकाको आफ्नो छुट्टै पहिचान निमार्णमा बालमैत्रीले पनि महत्वपूर्ण भुमिका खेलेको छ । आज छिमिकि पालिकाका मात्र नभएर विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिहरु यसका असल अभ्यास सिक्न र अवलोकन  गर्न आउने गर्छन । जसले आन्तरिक पर्यटनलाई पनि अप्रत्येक्ष सहयोग पुगेको छ । पालिकामा बालमैत्री सुचकहरुले बालबालिका क्षेत्रमा मात्र नभएर भौतिक, मानविय, वातावरणिय लगाएत हरेक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । आज कुनैपनि मैत्री शासन (युवमैत्री, लैङ्गिकमैत्री,..) का लागि शुन्यताबाट सुरुवात गर्नु  पदैन । बालमैत्रीले ६० प्रतिशत आधार तयार गरिदिएको छ ।


सामान्यतय बालमैत्रि स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवालहरुलाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउछ ।बालमैत्री शासनले बालमैत्रि गैर विभेदकरण, बालबालिकाको सर्वोत्तम हित, सर्वागिण विकास र बालसहभागिताको सिद्धान्तमा आधारित भै बालअधिकारको सम्मान, संरक्षण र सम्वद्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्रि शासन हो ।


बालमैत्रि शासनका निम्ति नेपालको संविधान, २०७२ (धारा ३९ मा १० उपधाराको व्यवस्था), बालअधिकार सम्बन्धी महासन्धि १९८९, स्थानीय स्वायत्त शासन ऐन , २०५५, बालबालिका सम्बन्धि ऐन, २०४८, बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९, बालश्रम (निषेध र नियमित) ऐन, २०५६, दिगो विकासका लक्ष्यहरु ( २०१६–२०३०) र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९, बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका, २०७८ रहेका छन् । जसले बालमैत्री शासन व्यवस्थालाई थप सहयोग पु¥याएको छ ।


बालमैत्री नगरपालिका घोषणा भए पश्च्यात बालबालिकाको लागि अवसरका ढोकाहरु खोलिएका छन् । विभिन्न क्षेत्रमा अर्थपूर्ण सहभागिता भएको छ । बालबालिकाहरुमा नेतृत्व विकास, सामुहिक भावनाको विकास र आफ्ना हकअधिकार बारे जनचेतनाको विकास भएको छ । जसले गर्दा समाजको कुसंस्कार बिरुद्ध जस्तो बाल विवाह, बाल हिंसा न्युनिकरण, १८ वर्ष मुनिका बालबालिकाहरुलाई मध्यपान, धुम्रपान जस्ता सुर्तिजन्य पद्धार्थ वित्रिःवितरणमा रोक लगाउनमा मद्दत पुगेको छ । समग्रमा भन्नु पर्दा बालमैत्री शासनले समाजमा सकारात्मक प्रभाव पारेको छ । आसाका किरणहरु देखा परेका छन् । बालबालिकाहरु लागि वडा र नगरपालिकाको नीति तथा कार्यक्रममा सहभागितामा अनिवार्य बनाइएको छ । समाजले बालबालिकाको अस्तित्वलाई विस्तारै स्विकार गर्ने वातावरण निमार्ण हुदैछ । बालमैत्री माफ्त बालबालिका, आमाको स्वास्थ्य, उनिहरुको मौलिक हकको रक्षा, आत्मा सम्मान, समाजमा जनचेतना वृद्धिमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । 

कुनै पनि कामको निश्चित समय पश्च्यात समिक्षा गर्न जरुरी छ । बालमैत्री स्थापना भएको  हरेक दुई वर्षमा सुचकहरुको पुर्न अवलोकन गनुपर्ने भएकाले हामीले पनि विभिन्न सरोकारवला संग वृहत अन्तरक्रिया गदै अघि बढ्न आवश्यक छ । 


दूई वर्षमा नै यसको प्रतिफल खोज्नु अल्लि हतार हुन्छ सक्छ । केहि कमिकम्जोरी रहेका छन् । सुधार गर्नुपर्ने ठाउँहरु रहेका पनि छन् । तर यसको सुरुवात हुनु र यसले निरन्तरता पाउनु नै महत्वपूर्ण हो । सुचकहरुको समिक्षाले भएका बालमैत्री कार्यन्वयनमा भएका कमि कमजोरी, सकारात्मक र नकारत्मक पक्ष, अवसर र चुनौतिहरु अवलोकन गरि भावि योजना निमार्णमा थप मद्दत गर्छ । आज बालमैत्रीको नाममा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमका माध्यमबाट करोडौ रुपैया बालबालिकाको हितको लागि लगानी गरिरहेको छ ।


तिलोत्तमा नगरपालिकाले भौतिक विकास संगै मानवीय विकासलाई जोड् विशेष दिएको छ । आज हामीले हाम्रा बालबालिकालाई कस्तो वातावरण र अवसर प्रदान गछौ त्यहि अनुरुप अब आउने ५ वर्ष, १० वर्ष पछिको समाज निमार्ण हुन्छ । आज नगरपालिकाले प्रदान गरेका अवसरहरुले बालबालिकाहरुलाई उनिहरुका क्षेत्रमा योग्य, क्षामतायुक्त र उनिहरुको नेतृत्व विकासमा महत्वपूर्ण भुमिका खेल्न मद्दत गर्नेछ । तसर्थ हामीले बालमैत्री नगरपालिका घोषणा गरेर मात्र हुदैन । त्यसको निरन्तरता, दिगोपनाका लागि विशेष ध्यान जरुरी छ । त्यसकालागि नगरपालिका, जनप्रतिनिधि, विद्यालय, समुदाय हरेक क्षेत्रको सहकार्य हुन आवश्यक छ । बालमैत्री सफल हुनु भनेको प्रत्येक्ष, अप्रत्येक्ष पालिकाको मानविय एवम् भौतिक विकास हुनुपनि हो । 

 (लेखक तिलोत्तमा नगरपालिका का कार्यपालिका सदस्य एवम् सामाजिक विकास समिति–संयोजक हुनुहुन्छ।)


कमेन्ट गर्नुहोस्