लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल स्वयंसेवी रक्तदाता समाजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,मंसीर २५ गते। नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको नियमित रक्तदान कार्यक्रमको ३२ ओँ  श्रृङखला आज नगर पालिका वार्ड नंं• ५ मणिग्राममा सम्पन्न भएको छ।नेपाल स्वयं  सेवी रक्तदाता  समाज तिलोत्तमा शाखाका अध्यक्ष गोबिन्द भुसालको अध्यक्षता,तिलोत्तमा नगरपालिका वार्ड नं• ५ का वार्ड अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यता र संस्थाका बरिस्ठ उपाध्यक्ष सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न  कार्यक्रम नियमित रक्तदाता जुना कुँवरले १२ ओँ पटक रक्तदान गरेर शुभारम्भ भएको थियो।


रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र  उद्देश्यले  स्थापित संस्थाको रक्तदान कार्यक्रममा  नेपाल रेडक्रस  सोसाइटी  मणिग्राम शाखाका अध्यक्ष  टेकबहादुर थापा, समाजसेवी चण्डीप्रसाद  पाण्डे, संस्थाका सल्लाहकार राजेन्द्र कुँवर लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।एनएमबी बैकको सहकार्यमा सम्पन्न  कार्यक्रमको सञ्चालन  संस्थाका महासचिव सागर पाठकले गर्नुभयो। रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक रोहिता रानाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्