लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नि:शुल्क आँखा उपचार शिविर तथा मोतियाविन्दुको अपरेशन

IMG

तिलोत्तमा,२३ मंसिर २०८०।पहिलो पाईला नेपाल बुटवल शाखाको आयोजना तथा मेट्रो आई केयर काठमाडौ र मेट्रो आई केयर लुम्बिनीको प्राविधिक सहयोगमा निशुल्क आँखा उपचार शिविर तथा मोतियाविन्दुको निशुल्क अपरेशन गर्ने कार्यक्रम समापन गरिएको छ ।पहिलो पाईला नेपाल बुटवल शाखाले बुटवल आसपासको क्षेत्रमा २०८० मंसिर १५ गतेवाट १९ गतेसम्म समुदायस्तरमा आँखा रोगीहरुलाई खोज गरि मोतियाविन्दु भएका विरामीहरुलाइ मंसिर २०, २१ र २२ गते निशुल्क सल्यक्रिया गरिएको हो ।


बुटवल आसपासमा रहेका बृद्दाश्रम, मानवसेवा आश्रम तथा विभिन्न वडाहरुमा स्थानिय सरकारको सहयोगमा समुदायस्तरमा आँखा रोगीहरुलाइ खोज गरि निशुल्क औषधी वितरण गरिएको थियो साथै मोतियाविन्दु भएका बिरामीहरुलाई निशुल्क सल्यक्रिया गरिएको हो  । उक्त कार्यक्रमबाट करिव १ हजार जना आँखा रोगीहरुको आँखा जाँच, करिव ४ सय जना आँखा रोगीहरुलाई आँखा जाँच तथा औषधी वितरण गरिएको थियो भने १ सय ६ जना विरामीहरुको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।आर्थिक रुपले कमजोर भएका ब्यक्तिहरुलाई लक्षित गरि आँखा शिविर सञ्चालन गरिएको र सोहीअनुसारका विरामीहरु यश शिविरबाट लाभान्वित भएको संस्थाका बुटवल शाखा अध्यक्ष विनोद बस्यालले बताउनुभयो । साथै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको पहिलो पाईला नेपालले सामाजिक सेवामुलक क्षेत्रमा गरिव, विपन्न, दलित ब्यक्तिहरु लक्षित कार्यक्रम गरिरहेको वताउदै यश कार्यक्रमबाट आँखाको ज्योती कमजोर भएका तथा आँखाका रोगीहरुलाई यश शिविरमा समावेश गर्न पाउँदा खुसी लागेको कुरा ब्यक्त गर्नुभएको थियो ।


पहिलो पाईला नेपालले सञ्चालन गरेको निशुल्क आँखा उपचार तथा मोतियाविन्दुको शल्यक्रिया गर्ने कार्यक्रममा मानवसेवा आश्रम बुटवल र तिलोत्तमा बाट ११ जना मोतियाविन्दु आँखाको ज्योती कमजोर भएका बुवा आमाहरुको शल्यक्रिया गरेको जानकारी दिदै मानवसेवा आश्रम तिलोत्तमाकि प्रमुख टीका थापाले पहिलो पाईला नेपाल बुटवल शाखालाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।सो अवसरमा आफ्नो बिचार राख्दै लुम्बिनी आँखा उपचार केन्द्र मणिग्रामका नेत्र चिकित्सक डा अमित केसीले आँखा जस्तो संबेदनशील अंगको नियमित चेक जांच गर्नुपर्ने बताए।कमजोर भएको आँखाको दृष्टि फर्काउन पहिलो पाईला नेपालको यो शिविरबाट सफल भएकोमा खुसी ब्यक्त गर्दै बुटवल १५ निवासी ७८ बर्षिया शशिकला गौतमले संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।सामाजिक क्षेत्रमा बिद्यमान समस्याहरुको निराकरणका निम्ति पहिलो पाईला नेपालले सामाजिक सेवामुलक क्षेत्रमा निरन्तर क्रियाशिल छ । शिक्षा, स्वास्थ, सरससफाई, नेतृत्व तथा ब्यक्तित्व बिकासका क्षेत्रमा पहिलो पाईला नेपालले सामाजिक कार्यहरु गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्