
तिलोत्तमा,१९ मंसिर २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो १७ वटै वार्डमा कार्यरत स्वयम् सेविकाहरुलाई सामाग्री बितरण गरिएको छ। "स्वास्थ्य क्षेत्रमा दिगॊ बिकास महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको संयुक्त प्रयास" भन्ने नारा सहित "२० औ महिला स्वास्थ्य स्वयम् सेविका दिवस"को उपलक्ष्यमा तिलोत्तमा नगरपालिकाका १७ वटा वडामा कार्यरत स्वयम् सेविकाहरुलाई तिलोत्तमा नगरपालिका प्राङ्गणमा स्वयम् सेविका बोर्ड , प्राथमिक उपचारमा सहजताका लागि डिजिटल थर्मोमिटर,ब्याग, तौल गर्ने मेसिन सामाग्री, प्लास्टिक बास्केट आदि बितरण गरिएको हो।
नगर उपप्रमुख जगेश्वर देवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा १७ वडाका सबै स्वास्थ्य स्वयम् सेविकाहरुलाई सामाग्री हस्तान्तरण गरि प्रोत्साहन गरिएको थियो। सो अवसरमा बोल्दै नगर उपप्रमुख चौधरीले निश्वार्थ सेवामा निरन्तर तल्लिन महिला स्वास्थ्य स्वयम् सेविकाले गरेको कार्य अतुलनिय रहेको र समाजको लागि ठुलो प्रेरणा बनेको बताउनुभयो। उहाँले बिना पारिश्रमिक दिन रात नभनी खट्ने सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरुमा शुभकामना व्यक्त गर्दै समाजको समृद्ध र स्वस्थता प्रति सधै चनाखो रहन आग्रह समेत गर्नुभयो। पहिलो डाक्टरको रुपमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुले गर्दा धेरैको ज्यान जोखिमबाट बचेको बताउदै उहाँले समाजको नयाँ दिशमा सधै अगाडी बढ्न आग्रह समेत गर्नुभयो। उहाले स्वास्थ्य स्वयंसेविकाको कामको जति तारिफ गरेनी जति प्रशंसा गरेनी सामाजिक कार्यको अगाडी अपुग हुने समेत बताउनुभयो। सो कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङ, कार्यपालिका सदस्य रवी सेन्चुरी, जनस्वास्थ्य अधिकृत केशव भट्टराई , लक्ष्मी आचार्य,स्वास्थ्यकर्मी कृष्ण कुमारी लगायत महिला स्वास्थ्य स्वयम् सेविका लगायतले शुभकामना दिनुभएको थियो।
हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ । यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए तापनि प्रत्येक वर्ष मनाइने यस्ता दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् ।
सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सह्राहनीय छ ।
कमेन्ट गर्नुहोस्