लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नारायणगढ-बुटवल सडक विस्तार ढिलाइ हुनुमा ठेकेदार दोषी : अर्थमन्त्री महत

tillotmacitynews - 2023 Dec 05 04:25 PM
IMG

तिलोत्तमा सिटी, १९ मंसिर २०८० । अर्थमन्त्री प्रकाशशरण महतले नारायणगढ-बुटवल सडक विस्तारमा ढिलाइ हुनुमा ठेकेदार दोषी भएको बताएका छन् । मंगलबार नवलपरासी पूर्वको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले नारायणगढ-बुटवल सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारका कारण ढिलाइ भइरहेको बताएका हुन् । ग्लोबल टेन्डरअनुसार न्यून मूल्यमा ठेक्का सकार्ने र काम फटाफट नगर्नुमा ठेकेदार दोषी भएको अर्थमन्त्री महतको भनाइ छ । 'पैसा दिएको छ । 


नियमन गर्ने निकाय पनि छ तर काम भएको छैन,' उनले भने । यसबारेमा आफूले सरोकारवाला निकायमा जानकारी गराउने अर्थमन्त्री महतले प्रतिबद्धता जनाए । सडक विस्तारलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराउनेसमेत उनले बताए । फरक प्रसंगमा अर्थमन्त्री महतले संघीयताबाट पछि हट्ने प्रश्नै नआउनेसमेत बताए ।

कमेन्ट गर्नुहोस्