लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेनाको हेलिकप्टर चढेर जाजरकोट पुगे राष्ट्रपति

tillotmacitynews - 2023 Nov 07 12:36 PM
IMG

तिलोत्तमा सिटी, २१ कात्तिक २०८० । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन् ।गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् । उनी रुकुम पश्चिममा पनि जाने कार्यक्रम छ ।भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

कमेन्ट गर्नुहोस्