लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका भुसाल त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी

IMG

तिलोत्तमा १९ कार्तिक २०८०। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।१६ कात्तिकमा उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि रिक्त उपकुलपति पदमा भुसाललाई जिम्मेवारी दिएका प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।कार्यालयले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा तीन महीनाको लागि जिम्मेवारी दिइएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्