लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ड्रेस कोडको विषयबाट उत्पन्न विवाद उस्तै, विद्यार्थी रिले अनसनमै:भैरहवा मेडिकल कलेज

IMG

तिलोत्तमा १० कार्तिक २०८०।विद्यार्थीले लगाउने ड्रेस कोडको विषयले विवाद उत्पन्न भएको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा विरोध प्रदर्शा जारी रहेको छ । अस्पताल प्रशासन र विद्यार्थी बीच कुरा नमिल्दा पठनपाठन तथा उपचार सेवा समेत प्रभावित भएको छ ।यसै बीच विभिन्न माग राख्दै विद्यार्थीहरुले विगत १२ दिनदेखि रिले अनसनमा बस्दै आएका छन् । कलेजका प्रिन्सिपल प्रा डा. लक्ष्मी पाठकको राजीनामा माग गर्दै रिले अनसनमा बस्दै आएका हुन् । दसैँको अवसरमा समेत विद्यार्थीहरूले कलेज परिसरमै रिले अनसनमा बसेका हुन् । उनीहरूले समस्या समाधान गर्नुको साटो कलेज प्रशासनले उल्टै विभिन्न खालको धम्की दिँदै आएको बताएका छन् ।आन्दोलन र रिले अनसनमा सरिक हरेक विद्यार्थीहरूलाई धम्की दिँदै आएको विद्यार्थीहरूको भनाई छ । प्रिन्सिपल पाठककै कारण यत्रो दिन कलेज तथा शिक्षण अस्पताल ठप्प रहेको उनीहरूको भनाई छ ।


मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । कलेज प्रशासनले एमबिबिएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्न गर्ने विद्यार्थीहरूका लागि गोजीबीनाको पहेँलो सर्ट र कालो पाइन्ट ड्रेस कोड तोकेको थियो ।विद्यार्थीहरूले उक्त ड्रेसकोड अव्यवहारिक रहेको भन्दै संशोधन गर्न माग गर्दै आएका थिए । तर, कलेज प्रशासनले उक्त निर्णयबाट पछि हट्न नसकिने बताएपछि विद्यार्थीहरूले दुई सातादेखि कलेज परिसरभित्रै आन्दोलन गर्दै आएका छन् । तर, कलेज प्रशासनले विद्यार्थीहरूको आन्दोलनप्रति बेवास्ता गर्दै आएपछि विद्यार्थीहरूले अहिले प्रिन्सिपलको राजीनामा एकसुत्रीय माग अघि सार्दै आएका हुन् ।ड्रेस कोडसँगसँगै आफूहरूमाथि भइरहेको श्रम शोषण तथा विद्यार्थीहरूलाई परीक्षा दिन रोक लगाएको विरुद्धमा समेत आन्दोलन गरिरहेको विद्यार्थीहरूले बताए । 


मेडिकल कलेजले इन्टर्नसीप गर्ने डाक्टरहरूलाई १० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ । उक्त पारिश्रमिक समेत बढाउनुपर्ने आफूहरूको माग गरेको विद्यार्थीहरूले बताए ।रिले अनसनमा मेडिकल कलेजमा पढ्ने सबै एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले साथ दिइरहेका छन् । त्यस्तै आंशिक चिकित्सकहरूले समेत साथ दिइरहेको विद्यार्थीहरूको दाबी छ ।प्रिन्सिपल डा. पाठकको राजीनामा नआउँदासम्म रिले अनशन जारी रहने एक विद्यार्थीले बताए । ड्रेस नलगाएको निहुँमा एमबीबीएस अन्तिम वर्षको कक्षा नै रद्द गरिदिएको ती विद्यार्थीले बताए । विद्यार्थीहरू दुई सातादेखि आन्दोलित बनिरहँदा कलेज प्रशासन, तथा व्यवस्थापन पक्ष वार्ता तथा माग सम्बोधनका लागि सकारात्मक देखिएको छैन । 



कमेन्ट गर्नुहोस्