
ए !आज त खण्डग्रास ग्रहण लाग्ने रे
यताउता जताततै चर्चा नै ग्रहणको
बिहानै देखे मोबाइलको भित्तामा ग्रास ग्रहण
अहिले आकासको भित्तामा रहेछ
नाई-नाई हेर्न हुदैन रे..
लाखौ कोसिस गरे, तर जता फर्केपनि देखिन्छ यो त
हजारौ पुकार गरे,तर आँखाले ठम्याई हाल्छ
सयौ कोसिस गरे, तर नफर्की भन्छ, फर्किन्छ
दश चोटी छले, तर आकासले कसलाई पो छल्छ र ?
अन्तत: म ग्रासबाट टाढा रहन सकिन
मेरा बा'ले बनाएको यो झुपडीमा बसेर
जता कोल्टो फेरेपनी
खाइ नखाई बनाएको छानाले त्यो आकाश लुकाएन
भुइमै फर्केर सुतेपनी, मेरा शरीरले ग्रहण चुम्बन गरिरह्यो
खै गरिबीलाई छुदैन कि कसो ग्रहणले ?
दिनभर काम गरेर साँझ घर आउदा
प्रवेश गरिसकेको थ्यो ग्रहण
अब खान नि हुदैन रे,
शौच गर्न नि हुदैन रे, तर म सकिन ग्रहणबाट टाढा रहन
किनकि मेरो छानोबाटै चन्द्रमा देखिन्छ
किनकि मेरो आँखाले त्यहि चन्द्रमा खोज्दछ
हेर्दिन भन्छु, मलाई भन्दा अफ्ठ्यारो त चन्द्रमालाई पनि त पर्यो होला
सोच्छु, हैन"उदेश्य के लिनु उडी छुनु चन्द्र एक" भन्दै हेर्ने चन्द्रमा
के आज ओझेल परेकै हो त ?
प्रियालाई चन्द्रमा खसाल्ने कसम के तोडिने हो त ?
अहँ, म सकिन यो ग्रहणबाट एक्लिन
किनकि मेरो गरिबीले यहि चन्द्रमा हेरेर हुर्केको छ
किनकि मेरो गरिबीले यहि चन्द्रमा हेरेर हुर्केको छ !!
निश्चल"मोती"
तिलोत्तमा-२ रुपन्देही
कमेन्ट गर्नुहोस्