
तिलोत्तमा सिटी,असोज २९ गते । युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ । अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिइने बताए । उनीहरूमा पोस्ट ट्रउमाटिक स्ट्रेस डिसअर्डर नहोस् भनेर अस्पतालले मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा निःशुल्क दिन लागिएको डा.डाँगीले बताए । ‘युद्धग्रस्त इजरायलबाट फर्केका व्यक्ति र उनीहरुका आफन्तलाई मानसिक समस्याले असर परेको होला । उहाँहरुको मानसपटलमा कति गहिरो प्रभाव परेको होला । त्यसलाई मध्यनजर गरेर हामीले निःशुल्क उपचार सेवा दिन लागेका हौं,’ डा. डाँगीले भने ।
कमेन्ट गर्नुहोस्