लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको दुर्गादत्त मा विमा नमुना मतदान सम्पन्न

tillotmacitynews - 2023 Oct 08 04:35 PM
IMG

तिलोत्तमा सिटि,असोज २१  गते।तिलोत्तमा नगरपालिका वार्ड न-२ मा अवस्थित शंकरनगर दुर्गादत्त  माविमा गत शुक्रवार, श्रृजनशिल शुक्रबार अन्तर्गत नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबारलाई  उपलब्धिमुलक शुक्रबार गराउने उदेश्यले पनि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको हो।   विद्यार्थीहरुको अन्तर्निहित क्षमताको विकास तथा सामाजिक कार्यमा सक्रिय गराउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरेको विद्यालय प्रध्यानाध्यापक चण्डि प्रसाद पाण्डेले जानकारी गराउनुभयो।  उक्त नमुना मतदानमा  स्कुलको बाल समुह, नेपाल स्काउट , स्टुडेन्ट रेप्रिजेन्टेटिभको निर्वाचन गरिएको हो।  कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाइ नमुना मतदान कार्यक्रममा सहभागी गराईएको विद्यालयका प्रधानाध्यापक पाण्डेयले बताउनुभयो।  


उक्त कार्यक्रममा विद्यार्थीहरु उत्साह एवम उमंगका साथ सहभागि भएका थिए ।  उनिहरुले निर्वाचन कसरी सम्पन्न हुन्छ, प्रकिया आफै अनुभव गर्ने अवसर पाए।  निर्वाचन अधिकृत , म्यादी प्रहरी, मतदाता लगायतका विभिन्न भुमिकाहरु पनि विद्यार्थीले निभाएका थिए। निर्वाचनको सुरुवात देखि अन्त्य सम्मका सम्पुर्ण प्रकृयाहरु उम्मेदवार चयन, प्रचारप्रसारदेखि मतपरिणाम सम्पन्नसम्मका सम्पुर्ण कार्यहरु  विद्यार्थीहरुले गरेको र उनीहरुले अभिभावकलाई समेत सिकाउन सक्ने भएको बताउनुभयो।   


कमेन्ट गर्नुहोस्