लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिब्र गति,पशुसंगै मानवीय क्षती.....तिलोत्तमा नगरप्रहरीको सर्हानिय कार्य

IMG

तिलोत्तमा,असोज १९ गते।तिलोत्तमा भित्र मात्रै हैन, रुपन्देहीको विभिन्न पालिकामा पर्ने मुख्य सडकमा गाइ बस्तुहरुमा ठक्कर खाएर धेरै जनाको ज्यान गैसकेको छ।बढीजसो रातिको समयमा त्यस्तो खालको घटना भएको देखिन्छ। तथापी तिलोत्तमा नगरपालिकाले पशु चौपाया व्यवस्थापनका लागि अनेकौ प्रयास गरिरहँदा पनि अन्य पालिकाको बेवास्ताले बाटोमा सधै गाइगोरु देखिने गरेको तथ्यलाई नकार्न सकिदैन। छाडा पशु चौपाया सडकमा छोड्ने गैर जिम्मेबारी कार्यले किसानहरु आफैलाई अहिले घाटा देखिएको छ। पशुपालक कृषकहरुको सामान्य गल्तिले खेतीपातीमा तल्लिन कृषकलाई न रातिमा सुत्न दिएको छ, न खेति गरि खान। कैयौ प्रयास गर्दा समेत तिलोत्तमा नगरपालिकाले पशु चौपाया शत प्रतिशत कन्ट्रोल गर्न सकेको छैन। २/२ वटा गौशाला व्यवस्थापन गरिरहेको नगरपालिकाले अनाहकमा गाइ बस्तु मरेको पनि सहनु परेको छ। 


नगरपालिका शुरुवात भए देखि नै तिलोत्तमा नगर प्रहरी पशु चौपाया व्यवस्थापनमा दिनरात खटिरहेको छ। तर बुटवल र भैरहवा अनि तिनाऊ र रोहिणी नदि पारी बाट आएका छोडुवा गाइबस्तुले तिलोत्तमाको सुन्दरतामा कुठारघात गरिरहेका छन्। त्यतिमात्रै हैन बढीजसो रातिको दुर्घटना समेत बढी तिलोत्तमाको सडकमा हुने गरेको प्रहरीको तथ्यांक छ। अचम्मको कुरा त के छ भने ? तिलोत्तमा नगरपालिकाको सडकमा रातभरी झिलिमिली बत्ति बल्छ, उज्यालो हाइ मास्ट लाइट समेत छ तथापी त्यही ठाउँमा दुर्घटना हुँदा दुर्घटनामा मृत्यु हुनेलाई बाहिर बिचरा भनेपनि तिब्र गति र मादक पदार्थ सेवनका कारण हुने त्यस्तो खालको घटनालाई स्थानियहरुले धिक्कार्ने गर्दछन।    


प्रहरीको तथ्यांकमा पनि तिब्र गति र मादक पदार्थ सेवनले गर्दा ९९ प्रतिशत घटनामा मानिसले अनाहकमा मृत्यु रोजेको देखाउछ। अध्यारो, गाइबस्तु आएर एक्कासी ठोक्किने, लड्दै आएर ठोक्किने, नदेखिने घटना सामान्य एक दुइटा भएपनि बढीजसो घटना लापरबाहीले नै भएको प्रहरीको ठोकुवा छ। तिलोत्तमा नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठका अनुसार रातिको १२ बजे पनि दुर्घटना भयो गाइबस्तुमा ठोक्कियो भन्दा जानु पर्छ, त्यो समयमा जाँदा स्थानिय संग सोधपुछ गर्दा तिब्र गति र मादक पदार्थ कै कारण घटना घटेको जानकारी आउदा दुख लागेको बताउनुहुन्छ। सडकका रेलिङ्ग, डिभाइडर, बत्तिको पोल, वाइफ़ाइ, सिसिटिभीपोल , ट्राफिक लाइटका पोल समेत त्यस्ता व्यक्तिहरुले सवारी चलाउदा ध्यान नदिंदा क्षति पुगेको नगर प्रहरी इन्चार्ज श्रेष्ठले बताउनुहुन्छ। 


त्यस्ता घटनामा मानिसलाई मात्रै होइन पशु चौपायाले समेत ज्यान गुमाएका छन् , अनाहकमा हुने यस्ता घटनाले आफुलाई सधै पिरोल्ने नगर प्रहरी इन्चार्ज श्रेष्ठले बताउनुहुन्छ। सुझाव दिंदै उहांले मादक पदार्थ सेवन गरेर या तिब्र गतिमा गाडी हाक्न हुदैन भन्ने सबैलाई थाहा हुँदा हुँदै पनि  ट्राफिक नियमको उल्लङ्घन गर्दै आबेशमा आएर चलाउदा कहाँ के  हुन्छ थाहा हुदैन त्यसैले सबैलाई घर परिवार अनि आफ्नो जिन्दगि सोचेर यात्रामा निस्कन आग्रह गर्नुभयो। त्यस्ता घटना देखे या सुने तिलोत्तमा नगरप्रहरिलाई ९८४७३१८१९९ मा फोन गर्न समेत नगर प्रहरी इन्चार्ज श्रेष्ठले सुझाउनु भएको छ। 

  


कमेन्ट गर्नुहोस्