
तिलोत्तमा सिटी,असोज १९ गते ।सुनौलो युथ क्लबले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामाग्री साथै पोशाक वितरण गरेको छ । तिलोत्तमा नगरपालिका-३ सिमानगरमा अवस्थित हाम्रो सगरमाथा आधारभूत विद्यालयमा अध्यन्नरत कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो ।क्लबले विद्यालयमा अध्ययनरत १ देखि ४ सम्मका ९७ जना विद्यार्थीलाई झोला, स्टेसनरी सामान र टाई बेल्ट गरी ५० हजार रुपैँया बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष दुर्गा बहादुर सिंजालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं.३ का अध्यक्ष कल्याण प्रसाद पौडेल रहनुभएको थियो । उहाँले अहिलेको पुस्तालाई सामुदायिक विद्यालयमा आकर्षित गर्नका लागि पनि यस्ता कार्यक्रमहरुको आवश्यक रहेको बताउनुभयो । साथै उहाँले सुनौलो युथ क्लबलाई धन्यवाद व्यक्त गर्दै आफूले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको निम्ति हरपल साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी क्लबका अध्यक्ष दुर्गा बहादुर सिंजालीले सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुलाई आकर्षण गर्नका लागि सम्बन्धीत निकायले चासो दिनुपर्ने बताउनुभयो । साथै सिंजालीले बालबालिकाहरुलाई अध्यन्नमा हौसला प्रदान गर्ने उदेश्यले क्लबले समय समयमा उस्ता कार्यक्रम गर्ने गरेको समेत बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर क्षेत्री, प्रधानाध्यापक घनस्याम घिमिरे लगायतले गुणस्तरीय शिक्षामा अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
कमेन्ट गर्नुहोस्