
यस्तै हो यहाँ नयाँ नयाँ सपनाहरु हरदिन देखिन्छ।
केही सपना पूरा हुन्छ्न त केही अर्थहीन देखिन्छ।
जसको हैसियत शून्य र लक्ष्य अनिश्चित हुन्छ
अक्सर उसैको सपना ठुला र रङिन देखिन्छ।
मलाई उसैले म छु तेरा लागि भनेर सान्त्वना दिन्छ
जो वर्षौंमा एकपटक आउँछ र एकछिन देखिन्छ।
जिन्दगी जे जस्तो भएपनि आफ्नो धरातल बिर्सिनुहुदैन
जमिन छोडेर आकशमै उडेपनि त जमिन देखिन्छ।
म राम्रो छु भनेर किन घमण्ड गर्नु र महोदय
थाहा छैन र फुल पनि निकै सुन्दर ओइलिन देखिन्छ।
- कमल पंगेनी
तिलोत्तमा ७,रुपन्देही
कमेन्ट गर्नुहोस्