लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नासाले फेला पार्‍यो ‘दोश्रो पृथ्वी’, पानीले भरिएको समुद्र र जीवनको संकेत

tillotmacitynews - 2023 Sep 16 09:28 PM
IMG

तिलोत्तमा सिटी, २०८०भाद्र ३०  गते । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले पृथ्वीभन्दा कैयन् प्रकाशवर्ष टाढा एउटा विशाल बाह्य ग्रह फेला पारेका छन्, जसमा एउटा महासागर समेत रहेको घोषणा गरिएको छ ।नासाका अनुसार सो ग्रहमा जीवनको सम्भावना रहेकोतर्फ संकेत गर्ने एक रसायन समेत फेला परेको छ ।नासाको जेम्स वेब टेलिस्कोपले उक्त ग्रहको खोज गरेको हो । केटू-१८बी नाम दिइएको उक्त एक्जोप्लानेट अर्थात् बाह्य ग्रह पृथ्वीभन्दा ८.६गुणा ठूलो छ । उक्त ग्रहको वातावरणको जाँचका क्रममा मिथेन तथा कार्बन डाइअक्साइड समेतका कार्वनको प्रभावयुक्त अणुहरुको उपस्थिति रहेको पत्ता लागेको छ ।जेम्स वेबको खोज हालैको अध्ययनसँग सम्बन्धित छ, जस अनुसार केटू-१८बी एउटा हाइसिन एक्जोप्लानेट हुनसक्छ जसमा हाइड्रोजन समृद्ध वातावरणका साथै महासागरले ढाकिएको अवस्थामा रहेको सम्भावना छ ।


नासाले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार बसोबास योग्य क्षेत्र भएको उक्त बाह्य ग्रहको वायुमण्डलीय गुणहरुका बारेमा पहिलो जानकारी चाहीँ नासाको हबल स्पेस टेलिस्कोपबाट प्राप्त भएको थियो ।उक्त नयाँ खोजले आगामी दिनको अनुसन्धानका लागि वैज्ञानिकहरुलाई प्रेरित गरेको छ । यो खोजले प्रणालीका बारेमा आफ्नो बुझाइलाई नै परिर्वन गरिदिएको नासाको भनाइ छ ।


के हो केटू-१८बी ?


बसोबासयोग्य चिसो क्षेत्र समेत रहेको यो बाह्य ग्रहले केटू-१८ नामक ताराको परिक्रमा गरिरहेको छ । यो पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको छ ।


यस्ता बाह्य ग्रहहरु जसको आकार पृथ्वी र वरुणको बीचमा छ, उनीहरु सौर्यमण्डलका कुनैपनि पिण्डभन्दा निकै फरक हुन्छन् । यसको वायुमण्डलको प्रकृति खगोलविदहरुका बीचमा सक्रिय बहसको विषय बनेको छ । यो खोजले बाह्य ग्रहमा जीवनको खोजी गर्ने दिशामा नयाँ आशाको सिर्जना गरेको दाबी नासाको छ ।


क्याम्ब्रिज विश्वविद्यालयका खगोलशास्त्री तथा उल्लेखित शोधका प्रमुख लेखक निक्कू मधुसुदनका अनुसार परम्परागत रुपमा बाह्य ग्रहहरुमा जीवनको खोजी मूख्य रुपमा साना चट्टानी ग्रहहरुमा केन्द्रित रहँदै आएको छ ।


तर ठूला हाइसिन ग्रहहरु वायुमण्डलीय धारणाका लागि निकै अनुकूल हुन्छन् । ती ग्रहमा मिथेन तथा कार्वन डाइअक्साइड हुनुर एमोनियाको कमीले गर्दा त्यहाँ हाइड्रोजनयुक्त वातावरणको तल एउटा महासागर भएको परिकल्पनालाई समर्थन गर्दछ ।



कमेन्ट गर्नुहोस्