
तिलोत्तमा सिटी, २०८० भाद्र २५ गते । इटहरी उपमहानगरपालिकाले निशुल्क रुपमा शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ । इटहरी नगरक्षेत्र भित्रका जनताका लागि नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो ।नगर प्रमुख हेमकर्ण पौडेलले सोमबारदेखि नै लागु हुने गरि नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए । इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए ।नगर अस्पतालमा बिरामीको चाप बढ्दै गएका कारण एम्बुलेन्स सुरु गरिएको उनले बताए । नगर अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा दिनथालेपछि विरामीको चाप बढेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्