लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आरसीई क्लब अफ मेडिकोफ्युजनद्वारा जनज्योति माविमा चेतनामुलक कार्यक्रमको आयोजना

tillotmacitynews - 2023 Sep 09 09:50 AM
IMG

प्रकाश पाण्डे ।  भाद्र २३ गते  । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको आयोजनामा तिलोत्तमा ४ स्थित जनज्योति मावि  डिंगरनगरमा १ दिने तनाब व्यवस्थापन बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जनज्योति मावि  डिंगरनगरका शिक्षक एवं शिक्षिकाहरुका लागि मानसिक रोग एवं तनाब व्यवस्थापन लगायतका बिषयमा नशा तथा मनोरोग विशेषज्ञ रोटरियन डा.बिक्रम काफ्ले तथा रोटरियन यशोदा बगालेले प्रशिक्षण दिनुभएको थियो ।


जनज्योति मावि  डिंगरनगरका प्राचार्य बाबुराम आचार्यको अध्यक्षता रहेको कार्यक्रममा मेडिकोफ्युजनका बर्ष २०२३/२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले कार्यक्रमको संचालन एवं कार्यक्रमको उद्धेश्य, तनाव व्यवस्थापन एवं मानसिक रोग निवारण लगायतका बिषयमा जानकारी गराउनुभएको टीआरएफ रोटरियन डा.शेखर प्रसाद पोखरेलले जानकारी दिनुभएको छ । कार्यक्रममा जनज्योति माविका  शिक्षक एवं शिक्षिका गरि ५४ जनाको सहभागिता रहेको थियो । यसैबीच आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलले आइतबार बिहान ठिक ८ बजे बुटवलस्थित राजमार्ग चौराहबाट चेतनामुलक र्यालीको आयोजना गर्ने र सो र्याली पुष्पलाल पार्कमा गएर कोणसभामा परिणत हुने क्लबले जनाएको छ । 


कमेन्ट गर्नुहोस्