
तिलोत्तमा, २०८० भाद्र २२ गते। ५७औं अन्तर्राष्ट्रिय साक्षरता दिवस को अवसर पारेर अन्तर सामुदायिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता तिलोत्तमा १५ मधवलियामा आज सम्पन्न भएको छ।सामुदायिक सिकाई केन्द्र मधवलियाले आयोजना गरेको सो प्रतियोगितामा तिलोत्तमा नगरपालिका को वडा नं १५,१६ र १७मा संचालित कक्षा ८ सम्म पढाई हुने सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो।
प्रतियोगितामा पशुपति मावि कोटिहवाका आकाश घिमिरे प्रथम, मधवलिया मावि मधवलियाकी सबिता थापा द्धितिय , बालबिकास आधारभूत विद्यालय पिप्रहियाकी रोशनी शाहनी तृतीय र बाल कल्याण आधारभूत विद्यालय मुडियारीकी सृष्टि थारुले प्रोत्साहन स्थान प्राप्त गरी पुरस्कृत भएका छन्।प्रतियोगितामा पत्रकार सरु राना र कल्पना कडायतको टिम, निर्णायकको भूमिकामा रहेको थियो ।आयोजक संस्थाका अध्यक्ष कुम कुमारी गुरुङ को अध्यक्षता, वडा नं १५का वडा सदस्य सोहरत चौधरीको मुख्य आतिथ्यता र तारा गुरुङको संचालनमा भएको कार्यक्रममा शिक्षकहरुको तर्फबाट घनश्याम भट्टराईले समिक्षा मन्तब्य दिनुभएको थियो।
कमेन्ट गर्नुहोस्