
तिलोत्तमा, भाद्र २२ गते २०८०। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरु सञ्चालन गर्न छलफल भइरहेको बताएका छन् ।शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को विवादका कारण रोकिएका परिक्षाहरु सञ्चालनका गर्नका लागि छलफल भइरहेको बताएका हुन् ।उनले भने, ‘सिटीइभिटीले परीक्षा लिने सन्दर्भको प्रसंग यसलाई अब समाधान गर्न सकिन्छ होला ।
एउटा मुद्दामा हामी सबैलाई उल्झिनुपरेको थियो । अदालतले हिजोबाट फैसला गरिदिएको छ । अब परिषद्को बैठक बस्न सकिन्छ होला ।’उनले परीक्षा गर्ने वातावरण बनाउनका लागि मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका बिचमा छलफल भइरहेको स्पष्ट पारे । उनले आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्याउने उनको भनाइ छ ।‘विगतमै परिषद् बसेर सम्बन्धन दिइसकेका संस्थाहरुको हकमा आयोगले कन्सिडर गरिदिएको भए हुन्थ्यो भन्ने पनि लागेको थियो।
४८ वटा संस्थाहरु अपग्रेड हुने रहेछन् । सम्बन्धन दिने निर्णय पनि पहिले नै भइसकेको रहेछ । अब हाम्रो बाटो खुलेको छ जुन परीक्षा लिने सम्बन्धमा हामी परिषद् बसेर परिषद्ले गर्नुपर्ने निर्णयहरु गरिकन जुन सम्बन्धन दिएका संस्थाहरु छन् तिनीहरुलाई अपग्रेड गरिने संस्थाहरुलाई आयोग समक्ष प्रस्तुती गर्छौं ।’
कमेन्ट गर्नुहोस्