लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नमस्ते एकेडेमीमा पुस्तक परिचर्चा कार्यक्रम

tillotmacitynews - 2023 Sep 04 10:10 AM
IMG

तिलोत्तमा सिटी । भाद्र १८ गते । राष्ट्रिय पुस्तक दिवसको अवसर पारी नमस्ते एकेडेमीमा पुस्तक परिचर्चा कार्यक्रमको उदघाटन गरिएको छ । नमस्ते रिडर्स कलब र नमस्ते पुस्तकालयको संयुक्त आयोजना रहेको पुस्तक परिचर्चा कार्यक्रमको उदघाटनको अवसरमा विद्यालयमा अध्ययनरत रिडर्स कलबका विद्यार्थीहरुले पुस्तक पठनको महत्व शीर्षकको नाटक प्रदर्शनबाट गरेका थिए । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुले दर्शन, कला, अर्थशास्त्र, धर्म, संस्कृति, लौकिक र अलौकिक कथा, खेलकूद, आत्मवृतान्त, भाषा, पुराण, साहित्य लगायतका विषयमा त्रैमासिक रुपमा विशेष अध्ययन गरेका सयौँ पुस्तकको समीक्षा यो कार्यक्रम मार्फत हुनेछ ।



अहिलेको डिजिटल युगमा पुस्तक पढ्ने बानी अति आवश्यक रहेकोे ज्ञानको लागि मात्र होइन स्वास्थ्यको लागि पनि पुस्तक पठनपाठन लाभदायी रहेकाले कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुवँरले जानकारी दिनुभयो । आफू पनि पुस्तकालय विज्ञानको विद्यार्थी रहेको र मोफसलमा पहिलो पटक इलाइब्रेरी स्थापना गरीएको नमस्ते एकेडेमीकी चिफ लाइबे्ररियन सन्जु भण्डारीको भनाई छ । प्यानल डिस्कसन र व्यक्तिगत चर्चाको रुपमा रहने पुस्तक चर्चा  तीन दिनसम्म चल्नेछ ।


पुस्तकलाई आफ्नो घर र कक्षाकोठा जत्तिकै माया गर्ने पुस्तक पारखी १५० विद्यार्थी पुस्तक समीक्षा कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रम मार्फत भविष्यमा नयाँ अनुसन्धानकर्ता जन्मदै जाने विश्वास विद्यालयले लिएको छ । अन्तराष्ट्रिय मापदण्ड पालना गर्दे त्यसका चरणहरु पार गर्दै विद्यार्थीहरु यो पुस्तक चर्चामा सहभागी भएका छन् । विद्यार्थीमा पठन संस्कृतिको विकास गराउनुका साथै अन्तराष्ट्रिय रुपमै प्रतिस्पर्धी बनाउनु यो कार्यक्रमको प्रमुख लक्ष्य रहेको विद्यालयका प्राचार्य जिग्मे शेर्पाको भनाई छ । नमस्ते रिडर्स कलबको संयोजनमा यसै वर्ष विद्यार्थी श्रेयसी पन्थी, आयुषी राज भण्डारी र प्रशान्त चौधरीले पुस्तक प्रकाशन गर्न लागेको र यो अत्यन्तै गौरबको विषय रहेको  स्कुल म्यानेजमेन्ट तथा बाल साहित्य महोत्सवमा सहभागी हुन फिलिपिन्स जाँदै गर्नु भएका विद्यालयका प्राचार्य शेर्पाले खुसी ब्यक्त गर्नुभएको छ ।

 


कमेन्ट गर्नुहोस्