
विनोद खनाल, बुटवल / नेपालको संसदद्वारा एमसिसि सम्झौता पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गर्दैगर्दा तेसका बिरुद्धमा बिरोधका कार्यक्रमहरु बढ्दै गएका छन।आईतवार बुटवलमा विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी मशालले संयुक्त रुपमा बिरोध बिरोध प्रदर्शन गरेका छन । बुटवलको ब्लडबैंक नजिकै जम्माभएका नेताकार्यकर्तालाई प्रहरीले केहिसमय तितरबितर बनाउने कोसिस गरेको थियो । प्रहरी हस्तक्षेपका बाबजुत अमरपथबाट एमसिसि बिरुद्ध नारा जुलुस लाउँदै नयाँबषपार्कमा पुगेर कोणसभा सम्पन्न भएको थियो ।
कार्यक्रमका क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सचिव प्रेम सुवेदीले एमसिसि साम्राज्यवादी योजना अन्तर्गत नेपालमा भित्राइएको र यसले नेपालको स्वाधीनतामा प्रहार गरेको कुरा औंल्याउँदै सम्पुर्ण देशभक्त नेपाली एकजुट भएर खारेज गर्नुपर्ने बताए । उनले यो परियोजना खारेज नगर्नेहो भने मुलुक गंभिर संकटमा पर्ने भन्दै देशभक्तहरु एकजुटभएर यसका बिरुद्ध संघर्ष गर्नुको बिकल्प नरहेको बताए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले एमसिसि संझौताका राष्ट्रघाती प्रवधानको ब्याख्या गर्दै नेपालको संविधान भन्दा माथि एमसिसि संझौता रहेको हुनाले त्यसलाई कुनैपनि हालतमा स्वीकार्न नसकिने बताए । उनले राष्ट्रीय स्वाधीनता र जनताको मुक्ती आन्दोलनमा आफ्नो पार्टी होमिएको स्मरण गराउँदै आवस्यक परे बैदेशिक हस्तक्षेप बिरुद्ध स्वाधीनताको आन्दोलनमा होमिने र जनसममुदायलाई समेत लाग्न अपिल गरे।नेपाल कम्युनिस्ट पार्टी ( मशाल ) का प्रतिनिधि दिपक पौडेलले एमससिसि कुनै अनुदान नभै लगानी भएको र चीन विरुद्ध गतिविधि बढाउने अमेरिकी षडयन्त्र हो भन्दै अमेरेकी शैन्य रणनीतिको अंग जुन असंलग्न परराष्ट्र निति विपरीत छ त्यसलाई कार्यान्वयन हैन खारेज गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्