
तिलोत्तमा सिटी । भाद्र १३ गते । ब्रिटिस कलेज काठमाडौको म्यानेजमेन्टमा सञ्चालित नमस्ते एकेडेमीमा कविता लेखन तथा बाचन प्रतियोगिता सम्पन्न भएको छ । कविता महोत्सव नाम दिएर संचालन गरिएको कार्यक्रममा बिद्यालयमा अध्ययनरत ५०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो भने फाईनल राउण्डमा ९० जना बिद्यार्थीलाई छनौट गरिएको बिद्यालयका सस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिनुभयो ।
बिद्यार्थीहरुलाई अध्ययन अध्यापनका अलावा अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाई बिद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले कविता महोत्सवको आयोजना गरिएको बिद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिनुभयो । बरिष्ठ गजÞल्कार सरु ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको कविता महोत्सवको उद्घाटन भने बिद्यालयका संचालक श्यामलाल खरेलले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्