लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ललिता निवास जग्गा प्रकरणमा सरकारले मिलेमतो र लेनदेन गरेर मुद्दा कमजोर बनायो : एमाले

tillotmacitynews - 2023 Aug 29 01:27 PM
IMG

तिलोत्तमा सिटी, २०८० भदौ १२ गते  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवास जग्गा प्रकरणमा सरकारले मिलेमतो र लेनदेन गरेर मुद्दा कमजोर बनाएको बताएको छ । एमालेले सरकारले सीआईबीको दुरुपयोग गरेको आरोप पनि लगाएको छ।प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवासमा अनौठो किसिमको नाटक भएको टिप्पणी गरे।


‘भ्रष्टाचारका नाइकेहरूलाई अदालतले पक्रेर छानबिन गर भन्दा छानबिन नगरेको तर अहिले संगठिन अपधारमा मुद्दा चलाएर थुनामा ६० दिनसम्म थुनामा राखेका मान्छेलाई किर्तेमा मुद्दा चलाउने काम भएको बताए । यसमा के मिलेमतो र लेनदेन भयो भन्दै गिरीले सरकारलाई प्रश्न गरे । यदि किर्ते थियो भने किन ६० दिनसम्म थुनामा राखेको र किन अदालतले थुनामा राखेको यसको स्पष्ट जवाफ दिनुपर्ने सांसद गिरीले माग गरे । सीआईबीलाई सरकारले निकम्मा बनाएको उल्लेख गर्दै उनले सुन तस्करीमा सत्तापक्षका मान्छे जोडिएको देखेपछि त्यता आँखा लगाउन नसक्ने बताए। ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाउने प्रहरीहरूको छानिछानी सरुवा हुन्छ। तर, सुन तस्करीमा सत्ताको मान्छे पनि संलग्न भनेर बोल्दा सांसद सुनिल शर्मालाई बिनापूर्जी थुन्ने काम हुन्छ’– सांसद गिरीले भने ।

कमेन्ट गर्नुहोस्