लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनमा अत्यधिक निराशाको भावना आएमा ११६६ सम्पर्क गर्न सरकारको आग्रह

tillotmacitynews - 2023 Aug 28 04:16 PM
IMG

तिलोत्तमा सिटी, २०८० भदौ ११ गते  । सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएकाले केन्द्रले यस्तो आग्रह गरेको हो । केन्द्रले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा नमस्ते नेटवर्कबाट कुनै पनि बेला फोन गर्न र मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन अनुरोध गरेको छ ।अप्ठ्यारा दिन सबैको हुने भएकाले सो समयमा धैर्यताका साथ समस्याको समाधान खोजेर अगाडि बढ्न केन्द्रकाे अनुरोध छ ।

कमेन्ट गर्नुहोस्