लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनस्वास्थ्यका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सकारात्मक सम्बन्ध

IMG

शिशिर पाण्डे, तिलोत्तमा, २०८० भाद्र ६ गते। आम स्वास्थ्यकर्मी को सौभाग्य भनै या जनप्रतिनिधिको यो संघीयताले जुराएको एक सुनौलो अवसरको रुपमा सावित भएको छ ।फुल उस्ले टिप्छ , जसले फुलको महत्व बुझेको हुन्छ । तर तै फुल मुनि काडा देख्नेलाई के थाहा  फुलको महत्व। करिव २ बर्ष अधि कोभीड -१९ को महामारिले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।


मुलतः स्वास्थ्य क्षेत्रको विकास र त्यसपछिको रुपान्तरणका लागि जनप्रतिनिधी र स्वास्थ्यकर्मी सम्बन्ध नै प्रभावकारी र अचुक अस्त्र हो भन्ने मैले बुझेको छु । हामीले आजसम्म आईपुग्दा २ कार्यकालका जनप्रतिनिधिहरुसंग काम गर्ने मौका पायौ। कतिपय ठाउमा नयाँ तथा कतिपय परिचित अनुहारहरु पनि देख्यौ।तर ,म संगै मेरो गोजिमा भएको मिठाई कुन बेला झिक्दा/खादा उचित होला भन्ने मैले जान्न सकिन अर्थात कहि कतै मैले मेरा जनप्रतिनिधिहरुलाई स्वास्थ्य र यसमा भएको विषयबस्तुहरु बुझाउन सकिन कि जस्तो लाग्छ। किनकी गोजीको मिठाई मेरै लागि हो भन्ने त्यतिबेला मात्र थाहा हुन्छ जति बेला भोककै आभास हुन्छ ।। हो त्यही भोक हामिले जगाउनु छ , र हाम्रा जनप्रतिनिधिलाई बुझाउनु छ ।


एउटा सानो रोचक  कहानी याद आयो । कुनै एक विद्यालयमा अङ्ग्रेजी पढाउने शिक्षकले आफ्ना साना-साना विद्यार्थीहरुलाई बर्णमालाको क - कमल , ख-खरायो भन्दै पढाउदै जादा सबै बर्णमाला त  पढाएर सकाउनु भयो तर क - कलम कलम लेख्ने औजार हो।। जिवनका सुख दु:खका सम्पुर्ण गाथाहरु यसैले लेख्छ। यसको अभावले सायदै सबै जीवन अधुरो नै रहन्छ होला।। यो त्यती ठुलो औजार हो जुन तरवारको धारलाई पनि जित्न सक्छ, भन्ने कुरा कहिल्यै पढाउनु भएन र बर्णमालाको क- सधै कलममा मात्रै सिमित भयो। र आफ्नो महत्त्वको बारेमा जान्नै पाएन।


यस्तै किसिमका समस्याहरु स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु बिच हुनसक्छ, स्वास्थ्य क्षेत्रको एक - एक कार्यक्रम र त्यस कार्यक्रमको महत्वबारे छर्लंग हुने गरि बुझाउने हो भने स्वास्थ्य क्षेत्रको विकासमा उहाहरु कहिल्यै पछि हट्नु हुने छैन जस्तो मलाई लाग्छ। यती भनी रहदा स्वास्थ्य क्षेत्रमा  प्रभावकारी सेवाका लागि स्थानीय तहमा जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको चासोको विषय बनेर कतिपय कार्यक्रमहरु प्रभावकारी रुपमा समेत संचालन भैरहेका पनि छन।तसर्थ:- समग्र स्वास्थ्य क्षेत्रको बिकसका लागि जनप्रतिनिधी र स्वास्थ्यकर्मीको सम्बन्ध अपरिहार्य देखिन्छ। 

कमेन्ट गर्नुहोस्