लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आरसी ईक्लबको न्यु होराइजनमा प्रशिक्षण कार्यक्रम

tillotmacitynews - 2023 Aug 18 12:02 PM
IMG

भाद्र १ गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको आयोजनामा कालिकानगरस्थित न्यु होराइजन ईङ्ग्लिश बोर्डिंग स्कुलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । न्यु होराइजन स्कुलका शिक्षक, शिक्षिका एवं प्रशासनमा कार्यरत कर्मचारीहरुका लागि  मानसिक रोग एवं तनाब व्यवस्थापन लगायतका बिषयमा नशा तथा मनोरोग विशेषज्ञ रोटरियन डा.बिक्रम काफ्ले, रोटरियन यशोदा बगाले तथा रोटरियन रस्मिता थपलियाले प्रशिक्षण दिनुभएको थियो ।


न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता रहेको  कार्यक्रममा टीआरएफ रोटरियन डा.शेखर प्रसाद पोखरेल, पास्ट प्रेसिडेन्ट रोटरियन डा.प्रकाश बस्नेत, सस्थाका सेक्रेटरी रोटरियन डा.बिनेश आनन्द शाक्य, रोटरियन एलिना शाक्य, रोटरियन कविता केसी  लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन कपिल आचार्यले गर्नुभएको बर्ष २०२३/२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्