
तिलोत्तमा सिटी । साउन ३२ गते । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नमस्ते एकेडेमी रुपन्देहीले सत प्रतिशत नतिजा हासिल गरेको छ । विज्ञान र व्यवस्थापन संकाय गरी २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १५ जना विद्यार्थीले ३.२१ भन्दा माथि जिपिए प्राप्त गरेका छन भने ६ जना विद्यार्थीले २.८१ देखि ३.२० र १ जना विद्यार्थीले २.७८ जिपिए प्राप्त गरेको नमस्ते एकेडेमीका प्लस टु संयोजक महेश पौडेलले जानकारी दिनु भयो । ब्रिटिस कलेज काठमाडौ तथा युकेको व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमीले पहिलो वर्षमै सत प्रतिशत नतिजा ल्याउन सफल भएको र यो नतिजा देशकै उत्कृष्ट भएको विद्यालयका प्राचार्य जिग्मे शेर्पाको दाबी छ ।
विद्यार्थी र शिक्षकको अथक मिहिनेत, सचेत अभिभावक एवं विद्यालयको कुशल व्यवस्थापनका कारण नमस्तेले उत्कृष्ट नतिजा हासिल गरेको प्राचार्य शेर्पाको दाबी छ । परम्परागत शैक्षिक विधि फरक रहेर नयाँ सोँच, चिन्तन र शैक्षिक गतिविधिलाई अगाडि बढाएको नमस्ते एकेडेमी मोफसलको एक मात्र विद्यार्थी केन्द्रित शिक्षण गर्ने प्रगतिशील शैेक्षिक संस्था बन्न सफल भएको संस्थापक प्राचार्य राजेन्द्र कुवँरको भनाई छ । कक्षा १२ सञ्चालनको पहिलो वर्षमा नै शत प्रतिशत नतिजा ल्याउनुले मोफसल पनि कक्षा ११÷१२ का लागि शैक्षिक हब बन्दै गएको कुँवरले दाबी गर्नु भयो । यस वर्ष आफ्नो कोटा अनुसार कक्षा ११ मा विज्ञान र व्यवस्थापन समूहमा २५ ÷ २५ जना विद्यार्थी भर्ना गरिएको र आगामी वर्षमा ए लेभलको तयारी अगाडि बढाइने ब्रिटिस एजुकेशन गु्रपका स्कुल हेड अरुण कँडेलले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्