लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शिक्षकहरुले आज सबै प्रदेशका समाजिक विकास मन्त्रालयमा धर्ना दिने

tillotmacitynews - 2023 Aug 17 09:44 AM
IMG

तिलोत्तमा सिटी । साउन ३२ गते । नेपाल शिक्षक महासंघले पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आज सबै प्रदेशका समाजिक विकास मन्त्रालयमा धर्ना दिने भएका छन् । शिक्षक महासंघको निर्देशनमा सबै प्रदेशका समाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद लामिछानेले जानकारी दिनुभयो । आज बिहान रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको संन्दर्भ स्तम्भका लागि कुराकानी गर्दै लामिछानेले सरकारले संसदमा टेबल गर्न लागेको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेककाले आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । मस्यौदामा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वीच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरु उचित ढङ्गबाट नसमेटिएको लामिछानेको गुनासो छ ।


यसैगरि स्थायी, अस्थायी करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग तथा मुद्दामा सरकारले सम्बोधन नगरेको शिक्षकहरुको ठहर छ । त्यसै गरी २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुराने प्रणालीबाट पेन्सन दिनु पर्ने माग समेत माग गरेको छ । समग्रमा यसले शिक्षक कर्मचारीका मुख्य मागमुद्दा सम्बोधन नगरेको मात्र होइन, शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमाथि समेत गम्भीर प्रहार गरेको छ महासंघले भनेको छ ।


नेपाल शिक्षक महासङ्घले साउन २८ गतेबाट देशव्यापी आन्दोलन शुरु गरेको हो । आन्दोलनका कार्यक्रम अनुसार सबै पालिका र शिक्षा विकास तथा समन्वय एकाइमा नेपाल शिक्षक महासङ्घको नेतृत्वमा महासङ्घ र सरकार बीच भएका ३० बुँदे र ५१ बुंदे सहमती पत्र सहित जानकारी पत्र बुझाई सकिएको छ् । साथै आज सबै प्रदेशका समाजिक विकास मन्त्रालयमा सरकारसँग भएको सहमतिको जानकारी पत्र पेश गर्ने तथा धर्ना दिने कार्यक्रम रहेको जनाएको छ ।


कमेन्ट गर्नुहोस्