
तिलोत्तमा सिटी । साउन २७ गते । रोटरी ई—क्लब अफ मेडिको फ्युजन हाइब्रिड नेपालको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न कार्यक्रममा वर्ष २०२२÷२०२३ का अध्यक्ष प्रकाश बस्नेतले वर्ष २०२३ ÷ २०२४ का अध्यक्ष अप्सरा नेपाललाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमको एक समारोहका बिच रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक गर्भनर राजेन्द्रप्रसाद ध्वजुले उद्घाटन गर्दै क्लबको कलर, प्रमाणपत्र, तथा बेल हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै ध्वजुले मानसिक स्वास्थ्य, तनाब व्यवस्थापन लगायतका क्षेत्रमा क्लवले खेलेको भूमिका प्रसंसनिय रहेको बताउदै आफनो दक्षता र अनुभवलाई ब्यवहारिक रुपमा लागू गर्न क्लव सदस्यहरुलाई आग्रह गर्नुभयो । नेपालमा मानसिक स्वस्थ्यको विषयमा सचेतना नहँुदा आत्महत्या लगायतका घटनाक्रमहरु बढदै गएको भन्दै यसतर्फ समेत क्लबले आफ्ना कार्यक्रमहरु लक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै वर्ष २०२३÷२०२४ का अध्यक्ष अप्सरा नेपालले क्लबले आफ्नो लक्ष्य अनुसार सामाजिक कार्यमा निरन्तर काम गरिरहेको बताउनुभयोे । क्लबले समुदायस्तरमा सेवा बिस्तारलाई जोड दिएको तथा निशुल्क स्वास्थ्य शिबिर लगायतका दर्जर्नां सामाजिक कार्यलाई थप बिस्तार एवं परिमार्जित गर्दै लगेको जानकारी दिनुभयो । अध्यक्ष नेपालले मानसिक स्वास्थ्य अहिलेको मुख्य चुनौतिका रुपमा देखिएको भन्दै दशौं हजार ब्यक्तिलाई कार्यकममा जोडेर लैजान क्लव प्रयासरत रहेको बताउनुभयो । वर्षमा १० जना सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्पोन्सर चाईन्डको रुपमा छात्रवृत्ति प्रदान गरिने नेपालको भनाई छ । कार्यक्रममा बोल्दै नाक, कान, घाँटी रोग विशेषज्ञ वरिष्ठ चिकित्सक डा.केबि श्रेष्ठले चिकित्सकहरुको समाज कार्यका लागी विकास गरेको यो क्लबले उत्कृष्ट काम गर्दै गएको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा डिजि नोमिनी बिनोद कोईरालाले रिजन र डिष्ट्रिकको लागि समेत श्रोतका रुपमा क्लबले नमुना काम गर्नुपर्ने बताउनुभयो । विश्वभरी नै मानसिक स्वस्थ्यको गम्भीर र जटिल समस्या देखापरेको भन्दै कोईरालाले यसको विषयमा काम गर्न क्लवले गाईडलाईनको काम गरेको बताउनुभयो । कार्यक्रममा क्लबका एसाईन एजी सुरज क्षेत्रीले क्लबमा साथीहरुसंग सहकार्य गरि अघि बढ्ने बताउनुभयो । रोटरी प्रेसिडेन्ट साईटेसन अवार्ड जित्न सफल भएको क्लब कामकै कारण हिरा जस्तै चम्किलो र उत्कृष्ट बन्दै गएको क्षेत्रीको दाबी छ ।
वर्ष २०२२÷२०२३ का अध्यक्ष प्रकाश बस्नेतले आफ्नो कार्यकालमा ५ हजार बढिलाई लाभान्वित हुने गरि स्वस्थ्य शिविर चलाएको बताउनुभयो । कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले स्थापनाको छोटो समयमा नै नेपालमा नयाँ र नमुना अभियान चलाएर क्लव चर्चामा आएको आएको भन्दै प्रशंसा गर्नुभएको थियो । क्लबका सचिव डा. विनय शाक्यले पेशासंगै सामाजिक भावनालाई समेत जोडेर आफुहरु अघि बढेको बताउनुभएको थियो । क्लबमा हाल दुई दर्जन बढी जोडी सदस्यहरु आबद्ध रहेका छन ।
कमेन्ट गर्नुहोस्