लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युरोप भ्रमण छोट्याएर माधव नेपाल स्वदेश फर्किंदै

IMG

तिलोत्तमा, साउन २७ गते २०८०। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार नेपाल फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आएका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् ।पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।


ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उनले १० दिने भ्रमणलाई छोट्याएका हुन् ।पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार स्वीट्जरल्यान्डको जेनेभा आएका थिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्द गरेका हुन् ।


फर्किनुअघि बार्सिलोना घुम्दै 

आइतबार नेपाल फर्कने तयारी गरिरहेका पूर्वप्रधानमन्त्री नेपाल शनिबार बार्सिलोना आइपुगेका छन् । पर्यटकीय शहर बार्सिलोनाको विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलियाको उनले अवलोकन गर्दैछन् ।१४१ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्सेनि लाखौं पर्यटकको भीड लाग्ने गर्छ।पूर्व प्रधानमन्त्री नेपालले टिबिटाबु डाडादेखि बार्सिलोना शहरको पनि अवलाेकन गर्दैछन् । केही घण्टा घुमेर साँझ सात बजे नै उनी स्पेनको राजधानी म्याड्रिड फर्किने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्