
तिलोत्तमा सिटी । साउन २३ गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलले कालिकानगरमा अवस्थित कालिकामानव ज्ञान माबि मा १ दिने जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवलस्थित कालिकामानव ज्ञान माबिका शिक्षक, शिक्षिका एवं प्रशासनमा कार्यरत कर्मचारीहरुका लागि तनाब व्यवस्थापन एवं मानसिक रोगहरुबाट कसरी बच्ने लगायतका बिषयमा नशा तथा मनोरोग विशेषज्ञ रोटरियन डा बिक्रम काफ्ले, रोटरियन यशोदा बगाले तथा रोटरियन रस्मिता थपलियाले प्रशिक्षण दिनुभएको टीआर एफ रोटरियन डा शेखर प्रसाद पोखरेलले बताउनुभयो । कार्यक्रममा आईपीपी रोटरियन डा प्रकाश बस्नेत, सस्थाका सेक्रेटरी रोटरियन डा दिनेश आनन्द शाक्य, रोटरियन एलिना शाक्य लगायतको उपस्थिति रहेको थियो भने सहभागी करिब १०० जनालाई प्रशिक्षण दिइएको बर्ष २०२३/२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले जानकारी दिनुभएको छ।
कमेन्ट गर्नुहोस्