लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनभावना माविको सभाहल तथा सौर्य उर्जा प्लान्टको उद्घाटन

IMG

२१ साउन २०८०, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित श्री जनभावना माध्यामिक विद्यालयमा निर्माण गरिएको सभाहल तथा सौर्य उर्जा प्लान्टको आज उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहबीच रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले सभाहल तथा सौर्यउर्जा प्लान्टको उद्घाटन गर्नुभएको हो । 


उद्घाटन समारोहमा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष कृष्णप्रसाद पौडेललगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थीहरुको सहभागिता रहेको थियो । सभाहल निर्माणले अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग पुगेको प्रअ शम्भुप्रसाद पराजुलीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादु खत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्