
तिलोत्तमा सिटी । साउन २० गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवल ११ को आयोजनामा जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुटवलस्थित कान्ति माबि का शिक्षक, शिक्षिका एवं प्रशासनमा कार्यरत कर्मचारीहरुका लागि तनाब व्यवस्थापन एवं मानसिक रोगहरुबाट बच्ने उपायेका सम्बन्धमा १ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको टीआर एफ रोटरियन डा शेखर प्रसाद पोखरेलले जानकारी दिनुभयो । मानसिक स्वास्थ्य लगायतका बिषयमा जनचेतना जगाउने उद्धेश्यले आयोजित प्रशिक्षण कार्यक्रममा नशा तथा मनोरोग विशेषज्ञ रोटरियन डा बिक्रम काफ्ले तथा रोटरियन यशोदा बगालेले कार्यक्रममा सहभागी करिब ५० जनालाई प्रशिक्षण दिनुभएको बर्ष २०२३/२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्