लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालको सचेतनामुलक कार्यक्रम

tillotmacitynews - 2023 Jul 30 10:55 AM
IMG

तिलोत्तमा सिटी । साउन १४ गते ।  आर सी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलले बिश्व हेपाटाइटिस दिवशको अवसर पारेर सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।  दिवशको अवसर पारेर संस्थाले बुटवल ११ देवीनगर रहेको आशा फाउन्डेशनमा उपचाररत बिरामीहरुको निशुल्क रक्त परिक्षण गर्नुका साथै बिरामीहरुलाई हेपाटाइटिसका बारेमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको टीआरएफ रोटरियन डा शेखर प्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।



सो अवसरमा हेपाटाइटिसको बारेमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका वरिष्ठ जनरल फिजिसियन रोटरियन डा मनिष विश्वकर्माले हेपाटाइटिसको अवस्था, किसिम, प्रकृति र जोगिने उपाएहरुका बारेमा ज्ञानमूलक प्रशिक्षण दिनुभएको थियो । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले शुक्रबार नै मानसिक स्वास्थ्य सम्बन्धमा जनचेतना मुलक कार्यक्रम संचालन गरेको र रोटरियन रस्मिता थपलियाले त्यसमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको संस्थाले जनाएको छ । करिब ३० जनाको सहभागिता रहेको कार्यक्रममा संस्थाका बर्ष २०२३÷२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले हेपाटाइटिस र मानसिक स्वास्थ्यका बिषयमा जानकारीमुलक मन्तब्य दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्