
तिलोत्तमा, २०८० साउन १० गते। शैक्षिक जगतमा पछिल्लो पटक नयाँ आयाम आउन थालेको छ। बिद्यार्थीहरु व्यवहारिक सिपतर्फको कमिले पढाईमात्रै समाजको लागि आवश्यकता नभएर अध्ययनसंगै सिपको पनि उत्तिकै जरुरत हुने जानकारहरु बताउछन। सोही परिप्रेक्ष्यलाई ध्यानमा राख्दै तिलोत्तमा नगरपालिकाको वडा नम्बर-२ योगिकुटीमा रहेको श्री जनजागृती माविले अध्ययनसंगै विद्यार्थीलाई नैतिक शिक्षा तथा उपयोगी सिप सिकाउदै आएको छ।
हरेक शुक्रबार "एक शुक्रवार एक सीप" भन्ने उदेश्य साथ विद्यार्थीलाई समजपयोगी सिप सिकाइएको बिद्यालयका प्रधानाध्यापक टंक पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, विद्यार्थीको रुचि अनुसारका समाजमा प्रयोग हुने र हातमा सिप हुने खालका सिप हरेक शुक्रबार सिकाउदै आएका छौ। आधुनिक भौतिक सेवा र सुबिधासंगै आफ्नै लाइब्रेरी, कम्प्युटर ल्याब, साइन्स ल्याब, ठुलो खेलमैदान,आफ्नै चमेनागृह, बालउद्दान सहितको सो बिद्यालयमा मावि तहका बिद्यार्थीलाई सो सम्बन्धी सिप सिकाइएको प्रअ टंक पौडेलले बताउनुभयो।
"एक शुक्रवार एक सीप" भन्ने उदेश्य साथ बिद्यालयले गत शुक्रबार आज कक्षा ६ देखि १० सम्मका छात्राहरुलाइ दुना टपरी बनाउन सिकाएको हो। यसअघि सो कार्यक्रम अन्तरगत कक्षा १० का बिद्यार्थीहरुलाइ मोबाईल तथा ल्यापटप मर्मत सम्बन्धि सिप सिकाइएको प्रधानाध्यापक पौडेलले बताउनुभएको हो। बिद्यालयले हरेक शुक्रबार नयाँ-नयाँ सिप सिकाउने गरि तालिका तयार गरेको छ। सिप सम्बन्धी सिकाइका लागि जानकारहरुबाट बिद्यालयका शिक्षक र बाहिरबाट समेत प्राबिधिक ल्याएर सिकाउने गरिएको उहाँले बताउनुभयो।
दुर्घटनामा परेका युवालाई जनजागृती मा.बिको सहयोग
सडकमा छाडिएको गोरुसंग ठक्कर खाएर सख्त घाइते भएका तिलोत्तमा-२ निवासी रितेस बि.क.लाई बिद्यालयले उपचारका लागि आर्थिक सहयोग गरेको छ। बाईक दुर्घटनामा परी गम्भीर घाईते भएका बि.क. चाैराहा अस्पतालमा उपचारार्थ रहेका छन्। गम्भीर रहेका उनलाई जनजागृति मा. वि. तिनपा -२ जाेगिकुटिमा अध्ययनरत बिद्यार्थीहरु र बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुद्वारा आर्थिक सङ्कलन गरी उपचारमा सहयाेगार्थ २४ हजार ५ सय ३५ रुपैया जम्मागरी घाइते रितेशका दाजु रिजन बि. क. लाई हस्तान्तरण गरिएको बिद्यालयका प्रधानाध्यापक टंक पौडेलले जानकारी दिनुभयो। घाइतेका लागि अहिले विभिन्न सामाजिक संजाल मार्फत सहयोगको याचना गरिएको छ।
कमेन्ट गर्नुहोस्