
तिलोत्तमा,साउन २ गते २०८०।रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ ।कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो ।विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी., कानुन विषय संयोजक तुल्सीराम ढकाल, प्राविधिक धारतर्फका संयोजक भीम पाण्डे, एचएम विषय संयोजक ओम खत्रीले विद्यार्थीहरुलाई सम्बन्धि विषय र सो क्षेत्रका अवसरका सम्बन्धमा जानकारी गराएका थिए ।कक्षा ११ तथा डिएचएमका संयोजक भोजराज वस्तीको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा व्यस्थापन, शिक्षा र कानुन विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यस्तै, विज्ञान विषयमा भर्ना भएका विद्यार्थीहरुको लागि पनि दोस्रो चरणमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।सहायक–प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान विषय संयोजक लिलाबल्लभ पाण्डेले विज्ञान विषयका अवसरका क्षेत्रहरु बारेमा प्रकाश पारेका थिए ।कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले हजारौ विद्यार्थीहरुको शैक्षिक सहयात्री बनेर सक्षम र नैतिकवान नागरिक उत्पादनमा विद्यालय परिवार लागि पर्ने बताए । कार्यक्रमको सहजिकरण शिक्षक दिग्विजय अधिकारीले गरेका थिए ।
कमेन्ट गर्नुहोस्