लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अबोर्ड स्टडी:एक वर्षमा १ लाख १० हजार युवाको अनुमति

IMG

तिलोत्तमा,साउन १ गते २०८०।  पछिल्लो एक वर्षको अवधिमा विदेशमा पढ्न जान १ लाख १० हजार २१७ जनाले नेपालको सरकारी निकायबाट अनुमति लिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार बढीले एनओसी लिएका हुन् ।अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन्, जसमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै क्यानडाका लागि २१ हजार ५४४ जनाले, जापानका लागि २१ हजार ६५८ जनाले र संयुक्त अधिराज्य बेलायतका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन्।


दक्षिण कोरियाका लागि तीन हजार ४६ जनाले, युएईका लागि दुई हजार ३८९ जनाले, भारतका लागि दुई हजार १९७ जनाले एनओसी लिएका छन् । नेपालबाट विभिन्न १११ देश जानका लागि विद्यार्थीहरुले एनओसी लिएका शाखाले जनाएको छ । एनओसीका लागि आवेदन दिएकामध्ये १२ हजार २९७ जनाको आवेदन भने रद्ध भएको शाखाले जनाएको छ ।शाखाले यो वर्षदेखि केही सार्वजनिक विदामा समेत सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै ‘टाईम कार्ड’ अनुसार सेवा प्रवाह गरिने भएकोले सेवा लिन आउँदा भीड नियन्त्रण भएको र १५ देखि २० मिनेटमा सेवा लिन सकिने शाखा प्रमुख बासुदेव वस्तीले बताए ।साभार अनलाइन खबर 

कमेन्ट गर्नुहोस्