लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनभावना मावीको अध्यक्षमा कृष्ण बहादुर खत्री सर्बसम्मत

IMG

तिलोत्तमा असार २९ गते २०८०। तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित जनभावना माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । शुक्रबार भएको अभिभावक भेलाले सर्वसम्मत रुपमा नयाँ व्यवस्थापन समिति गठन गरेको हो । व्यवस्थापन समितिको अध्यक्षमा कृष्ण बहादुर खत्री, सदस्यमा हनुमान कोहार, सावित्रा ठडराई, प्रमिला विष्ट, मसुहर आलम भाट र लक्ष्मी दमाई चयन हुनु भएको छ । समितिको सदस्य सचिवमा प्रअ शम्भुप्रसाद पराजुली रहनु भएको छ भने शिक्षक प्रतिनिधि लक्ष्मी ज्ञवाली गौतम चयन हुनु भएको छ । शुक्रबार नैं विद्यालयमा आ.व. २०७९/०८० को छात्रवृति समेत वितरण गरिएको छ ।




कमेन्ट गर्नुहोस्