तिलोत्तमा,२३ असार २०८० साल। रुपन्देहीको तिलोत्तमा-२ निवासी धनपति पौडेलले समजाेपयोगी काम गरेका छन् । जन्मदिनमा अनावश्यक खर्च गर्ने परिपाटी हटाउन शनिबार आफ्नै घर अघि बृहत रक्तदान कार्यक्रम आयोजना गरेर १ सय २५ पिण्ट रगत संकलन गर्न सफल भएका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाले आफ्नो २७ ओैँ नियमित रक्तदान कार्यक्रम पाैडेलकाे जन्मदिनको अवसर पारेर सम्पन्न गरेको हाे । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा इकाई भैरहवाकाे प्राबिधिक सहयोगमा भएको सो कार्यक्रमको प्रायाेजन पौडेल स्वयम् ले गरेका थिए।
युवाहरुमा भएको रक्तदान गर्ने सकारात्मक परिपाटीलाई अग्रसर बनाउन सो कार्यको आयोजना गरिएको रक्तदाता धनपती पौडेलले बताएका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाका अध्यक्ष गोविन्द भुसालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय महासचिव कृष्ण चाैहान क्षेत्री, सल्लाहकार टेकबहादुर थापा, देवी वाग्ले, राजेन्द्र कुंवर, अर्जुन पाैडेल, प्रेस सल्लाहकार माेहन न्याैपाने, प्रहरी असई बिमला गाेतामे लगायतले कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम शंकर गाैतमकाे स्वागत तथा शाखाका महासचिव सागर पाठकको सञ्चालनमा भएको थियाे ।
कमेन्ट गर्नुहोस्