
पार्वती न्यौपाने । असार २१ गते । एसइईको रिजल्ट मुखैमा आउँदा प्राय सबैजसो शैक्षिक संस्थाहरु स्कुल तथा कलेजले गफ छाटदै भर्ना अभियान लिएर घरदैलो गर्छन तर बुटवलको अक्सफोर्ड कलेजको अवस्था भने अलिक भिन्न छ । कलेजमा एसइईको रिजल्ट प्रकाशित नहुदै स्वतस्फुर्त विद्यार्थी र अभिभावकको भिड लागेको छ । राष्ट्रिय परिक्षा बोर्डले बिहिबार वा शुक्रबार भित्रै एसइईको रिजल्ट प्रकाशन गर्ने तयारीमा लागेको बेला अक्सफोर्ड कलेजमा भर्नाका लागी बुझ्न आउने अभिभावक र बिद्यार्थीको घुइँचो लागेको बिद्यालयले जनएको छ । कलेजले प्रदान गर्दै आएको गुणस्तरिय शिक्षा, ई लाइबेरी र लाइब्रेरी, विद्यार्थीको चौतर्फी विकासका लागि गरिने नियमित अतिरिक्त क्रियाकलाप, विभिन्न खेलकुद तथा प्रविधिको प्रयोगबाट गरिने शिक्षण सिकाईको साथै संस्कारयुक्त ब्यबहार सिकाई तथा जीवनोपयोगी शिक्षाको कारण अक्सफोर्ड कलेज विद्यार्थी तथा अभिभावकको रोजाई बन्दै गएको प्राध्यापक सुमन भुसालले बताउनुभयो ।
कलेजले संख्या भन्दा गुणस्तरलाई ध्यान दिने गरेकोले गत वर्ष कक्षा ११ का सबै संकायमा गरी ९ सय ५० विद्यार्थी भर्ना गरेकोमा अहिले भने थप गुणस्तरीय बनाउने ध्ययले ७५० जना मात्र विद्यार्थी भर्ना गर्ने तैयारी भैरहेको भुसालले बताए । रिजल्ट प्रकाशनको पुर्व सन्ध्यामै विद्यार्थीहरूको चाप बढिरहेको हुदा ,यसको ब्यबस्थापन गरि सकेसम्म अभिभावकहरूका चाहानाहरू समेट्ने प्रयासमा आफुहरू जुटेको प्राध्यापक भुसालले जानकारी दिनुुभयो । धेरै जसो अभिभावक त विद्यार्थी भर्ना गरि सिट बुक गरिराख्ने मनसायले नै अक्सफोर्ड कलेजमा आउने गरेको तर रिजल्ट प्रकाशन नहुदै भर्ना गर्न नमिल्ने भन्दै फर्काउनु परेको व्यवस्थापन बिभागिय प्रमुख (दिवा) बालकृष्ण पोख्रेलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्