लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुुम्बिनी प्रदेशसभा आजदेखि सुचारु हुने, आजै मुख्यमन्त्री चौधरीले सम्बोधन गर्ने

IMG

तिलोत्तमा सिटी । असार २० गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सन्चालनमा सघाउन तयार भएको छ । गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहितको टोलीसँग छलफल गरेपछि एमालेले बैठकमा अवरोध नगर्ने भएको हो । बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठक एमालेले बहिस्कार गरेको थियो । यद्यपि एमालेको बहिस्कारका बीच आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभाले पारित गरेको थियो । आज दिउँसो १ बजे प्रदेश सभाको बैठक राखिएको छ । बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको टोलीलाई बैठकमा बोलाउनु भएको थियो । सो बैठकमा एमालेले उठाउँदै आएका मागका सम्बन्धमा मुख्यमन्त्री चौधरीले आजको बैठकमा सम्बोधन गर्ने र एमालेले सदन सन्चालनमा अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक चौधरीले जानकारी दिनुभयो ।



लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले पनि सदन सन्चालनबारे सहमति जुटेको बताउनुभयो । उहाँले आजको बैठकमा सबैभन्दा पहिले मुख्यमन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिनुभएको छ । एमालेले असार १३ गतेदेखि बजेटमाथिको छलफलमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठकमा एमालेले बजेट किताब च्यातेर बहिस्कार गरेको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो । लगत्तै सभामुखले नै सदनको काम कारबाही अघि बढाउनका लागि पहल सुरु गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्