लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खतरा भन्दा माथि आयो तिनाउ, सतर्कता अपनाउन आग्रह

IMG

तिलोत्तमा , असार १६ गते २०८०।  लुम्बिनी प्रदेशका पाल्पा तथा रुपन्देही आसपासका क्षेत्रमा भएको भारी वर्षापछि तिनाउ नदीमा बाढी आएको छ।तिनाउ नदीमा जल सतह बढेर खतराको तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तिनाउमा बिहान ८ बजे पानीको सतह ६.८८ मिटर पुगेको बुटवलस्थित बाढी मापन केन्द्रले जनाएको छ।तिनाउ नदीमा जल सतह बढेर खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीसहित अन्य खहरे खोलाहरुमा बाढीले जलसतह बढेको छ । वर्षासँगै रुपन्देहीका बजार, सडक तथा बस्तीहरु जलमग्न भएका छन् ।यसैगरी तिनाउ नदीले जलसतह सतर्कता तह पार गरेको बाढी मापन केन्द्रले जनाएको छ । यसैगरि देवदह र तिलोत्तमा सीमामा रहेको रोहिणी खोला, सैनामैना र बुटवलको सीमामा रहेको करेसाघाट खोला, दानव नदी लगायतका खोलामा बाढीले जोखिम बढेको छ ।बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै बुटवलससहित पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई नदी तथा खोला तटिय क्षेत्रमा बाढीको जोखिम बढेकाले दिउँसो ३ बजेसम्म सचेतना अपनाउन आग्रह गरेको छ ।



कमेन्ट गर्नुहोस्