लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

व्यवस्थापनमा अब्बल बन्दै यसपटक पनि सिद्धार्थ नै उत्कृष्ट

IMG

तिलोत्तमा,असार १५ गते २०८०।  बुटवल–९ राजमार्ग चौराहास्थित सिद्धार्थ इन्टरनेशनल कलेजमा अध्ययनरत ५ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजासहित पोखरा विश्वविद्यालय टप गरेका छन् । गएको चैत्र महिनामा सञ्चालन भएको व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको परिक्षामा  सहभागि भएका विद्यार्थीमध्ये ५ जनाले सर्वोत्कृष्ट नतिजासहित पोखरा विश्वविद्यालय टप गरेको कलेजका प्राचार्य दीपक भण्डारीले जानकारी दिनुभयो । अन्य विद्यार्थीहरुको समग्र नतिजा पनि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यस क्षेत्रकै उत्कृष्ट रहेको उहाँले जानकारी गराउनुभयो । 


विश्वविद्यालय टप गर्न सफल भएका विद्यार्थीहरुमा प्रतिभा पाण्डे, शान्ति डुम्रे, निकिता पाठक, विनिता भट्टराई र करुणा चौधरी रहेका छन् । सन् २००९ मा स्थापना भएको यस कलेजमा हाल व्यवस्थापन संकाय अन्तर्गत बि.बि.ए. र  बि.बि.ए.(बैंकिङ्ग एण्ड इन्सुरेन्स) अध्यापन हुँदै आएको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरु बैंक तथा वित्तिय संघ संस्थाहरुमा आफ्नो छुट्टै पहिचान बनाई माथिल्लो तहमा काम गरीरहेका छन् भने केहिले उद्यमशीलताको क्षेत्रमा विशिष्ट योगदान दिइरहेका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल ३ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।


कमेन्ट गर्नुहोस्