लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निजी शिक्षकको तलब ३१ हजारदेखि ६८ हजारसम्म, नदिए महानगरमा सम्पर्क गर्नू : बालेन

IMG

तिलोत्तमा सिटी । असार १४ गते । सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौँ  महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरेको छ । काठमाडौँ महानगर मातहतका निजी विद्यालयहरूलाई सामुदायिक विद्यालय सरह तलब को व्यवस्था गर्न मेयर बालेन साहले निर्देशन दिनुभएको हो । उक्त कुराको जानकारी उहाँले समामाजिक सञ्जालमार्फत पनि दिनु भएको छ ।


सरकारले तोके बमोजिमको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न पनि साहले अनुरोध पनि गर्नु भएको छ । ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख भएको उहाले बताउनु भयो ।  



काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम व्यवस्था गरिएको  बालेनले बत्राउनुभयो ।   जसकारण काठमाडौं महानगर क्षेत्रभित्र निजी विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालय सरहकै सुविधा दिन निर्देशन दिएइएको छ ।


सामुदायिक विद्यालय सरह सुविधा नपाउने निजीका शिक्षकलाई उनले भनेका छन्, 'सुविधा अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।'


कमेन्ट गर्नुहोस्