लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हंगकंग आइडी त्यागेर सरकारी सेवा गरेकी बिष्णु दिदि, स्वास्थ्य सेवामा अधिकृत हुदै निवृत्त

IMG

तिलोत्तमा , असार १३ गते २०८०। जिबनमा मानिसका अवसर र चुनौतीहरु आइरहन्छन। यी र यस्ता अवासर्हरुप्रती मानिसहरुको तछाड मछाड संगै लोभ लालच पनि बढेर जान्छ । तर ति सबै अल्पकालीन अवसरलाई भन्दा देश र जनता प्रति समर्पित सेवाले त्यस्ता अवसरलाई त्याग गर्दै अगाडी बढेका उदाहरण समेत समाजमा प्राय हुन्छन।  त्यही अवसरलाई कुल्चेर परिवारलाइ लामो समयदेखि टाढा भएर सरकारी सेवामा प्रवेश गरेकी तिलोत्तमा नगरपालिकाकी स्वास्थ्य अधिकृत बिष्णु कुमारी थापा समाजकी एक उदाहरण व्यक्ति हुन्। 


परिवारका सगोल सदस्य सबैको हंगकंगको आइडी हुँदा र धेरै पटक जाने अवसर मिल्दा समेत उनले त्यो आइडी त्यागिन।आफुलाई देश नै प्यारो लाग्ने बताउने बिष्णुले सरकारी सेवामा प्रवेश गरेपछि बिदेशाको मोह हराएर गयो।  आफैमा इमान्दारी ,हसिली र काम प्रती उत्तरदायी बिष्णु दिदि बि स २०४२ सालदेखि सरकारी सेवामा समर्पित भएकी हुन्। आफ्नो जन्मदिनको अवसरमा सेवा निवृत्तको समेत् संयोग जुराएकी उनि हाल शाखा अधिकृतको रुपमा कार्यरत थिइन्। अहिले उनको परिवार सबै हंगकंग छन्। तथापी बिष्णु कुमारी भने देशको सेवामा निरन्तर ३८ बर्ष सरकारी सेवामा लागिरहींन। बैदेशिक मोह र पारिवारिक मोहले उनलाई कहिल्यै छोएन तर देश प्रतिको मायाले उनलाई सधै भरी समर्पित तुल्यायो। परिवारको आग्रहमा एक पटक घुमेर त आउछु भनेकी उनि सेवा निवृत्त भएपछी हंगकंग जाने निर्णयमा पुगेकी छिन। 

तिलोत्तमा नगरपालिकामा कार्यरत उनलाई एक कार्यक्रमका बीच विधिवत रुपमा बिदाई गरिएको छ भने जनामदिनको अवसरमा समेत नागरपलिका कि उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरे, प्रसासन प्रमुख माधव प्रसाद पोख्रेल, लेखा शाखा प्रमुख रमेश बस्याल, लगायतक कर्मचारीहरुले शुभकामना सहित सम्मान गरेका थिए। बि स २०२२ साल असर १३ गते जन्मिएकी तिलोत्तमा निवासी बिष्णु कुमारी थापा गायन , नृत्य कलामा समेत पोख्त छिन।



कमेन्ट गर्नुहोस्