लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ललितपुर महानगरको बजेट साढे ६ अर्ब ५० करोड

IMG

असार १० / काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ ।



सोमध्ये पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।



महानगरपालिकाका उपप्रमुखले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था बमोजिम महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले बजेट सार्वजनिक गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्