
तिलोत्तमा / असार ७ २०८० । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार देखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबार देखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ।
यससँगै काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँले घटेको छ। नयाँ भाडादरअनुसार यो गन्तव्यका लागि ४ हजार ५०५ रूपैयाँ तोकिएको छ। यसअघि ४ हजार आठ सय पाँच रूपैयाँ रहेको थियो।
त्यस्तै नयाँ भाडादर काठमाडौं–विराटनगर ३ हजार ६०० रूपैयाँ, काठमाडौं–जनकपुर एक हजार ९३० रूपैयाँ, काठमाडौं–भरतपुर १ हजार ६०५ रूपैयाँ, काठमाडौं–पोखरा २ हजार ३८० रूपैयाँ रहेको छ।
त्यसैगरी, काठमाडौं–भैरहवाको नयाँ भाडादर तीन हजार ८५ रूपैयाँ तोकिएको छ। उक्त रूटको भाडादर हालको भन्दा २१० रूपैयाँले घटाइएको हो।
काठमाडौं–धनगढीको उडान अवधि ८३.०९ मिनेट मानिएको छ । नयाँ दर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ३४०, भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १२५, पोखरामा १६०, नेपालगन्जमा ३२५ रुपैयाँ भाडा कम लाग्ने छ ।
कमेन्ट गर्नुहोस्