लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

tillotmacitynews - 2023 Jun 15 09:12 AM
IMG

तिलोत्तमा / जेठ ३१ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।


संसदीय सुनुवाइ समितिमा कार्कीको बिहान साढे ८ बजेदेखि सुनुवाइ  सुरू भएको हो। उनीविरूद्ध २९ वटा उजुरी दर्ता भएको छ। बुधबार उजुरीकर्ता सँगको छलफलपछि समितिले बिहाबार सुनुवाइका लागि कार्कीलाई बोलाएको हो । उनी ८ बजपछि समितिको बैठकमा उपस्थित भए । 


संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाई आज गर्ने भनिएको हो भने त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो । 


सरकारले वैशाख २५ गते नै प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको भएपनि संसदीय समिति गठन नहुँदा उनको सुनुवाइ रोकिएको थियो।


कार्कीले आफ्नो कार्ययोजना पेस गरेपछि समितिका सदस्यहरूले उनीमाथि प्रश्न गर्नेछन्।


संसदीय सुनुवाइ समितिमा कांग्रेसबाट  रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी छन् । एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल  सदस्य छन्।


माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।


समितिले कार्कीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ। कार्की हाल कायममुकायम प्रधानन्यायाधीश छन्।  उनी साउन १९ देखि अवकाशमा जाँदैछन्।

कमेन्ट गर्नुहोस्