लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अध्यक्षको छोराले कर्मचारीलाई हातपात गरेपछि....

tillotmacitynews - 2023 Jun 08 02:33 PM
IMG

तिलोत्तमा / जेठ २५ । प्यूठानको झिमरूक गाउँपालिकाको कर्मचारी माथि गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको छोराले हातपात गरेका छन ।


हातपात र दुर्व्यवहार गरेको विरोधमा कर्मचारीले सेवा रोकेर आन्दोलन सुरु गरेका हुन । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सुवास खड्काले बुधबार बेलुकी यसबारे प्रहरीलाई जानकारी आएको बताए।


‘प्रमुख प्रशासकीय अधिकृतसहित हामीहरू कार्यालय बाहिर प्रतिक्षालयमा बसिरहेका छौं, भित्र गएको छैन’ सूचना अधिकारी हरिप्रसाद पोखरेलले भने, ‘गाउँपालिका अध्यक्ष र केही वडाध्यक्षहरू कार्यालय भित्र हुनुहुन्छ।’


गाउँपालिका अध्यक्षका छोरासमेत रहेका माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता मिलन महतरा क्षेत्रीले योजन भुक्तानीको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल लगायतलाई हातपात गरेको आरोप छ।


'हामी आफैं मिलाउँछौं र समस्या समाधान गर्न पालिकामा छलफल पनि भइरहेको छ' , अध्यक्षले भन्नूभयो । ‘पूरा नभएको योजनामा उहाँले भुक्तानी गर्न दबाब दिनुभएको थियो। टेबुल ठोक्नुभयो। कति घूस चाहिन्छ भन्दै टेबलमा पैसा फालेर गालीसमेत गर्नुभयो,’ एक कर्मचारीले भने, ‘गाउँपालिकाकै अध्यक्षको छोराले यस्तो क्रियाकलाप गर्दा काम गर्ने वातावरण बनेको छैन।’


गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले कर्मचारीहरू माथि दुर्व्यवहार भएकोले दोषीमाथि कारबाही हुनुपर्ने बताए र आफूसँग पनि उनीहरूले १५ मिनेट विवादगरेको बताएकाछन । 

कर्मचारीहरूले विज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन् भने दोषीमाथि कारबाहीको माग गरेका छन्। दोषीमाथि कारबाही नभएसम्म आफूहरू सेवामा नफर्किने अडान कर्मचारीको छ। 



कमेन्ट गर्नुहोस्